logo

टाटा मोटर्सको टाटा 'एच-५’ गाडी किन्दा आकर्षक बोनस तथा उपहार योजना 

   


१८ मंसिरअर्थ र व्यापार– टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि.ले टाटा 'एच-५’ गाडी किन्दा आकर्षक बोनस तथा उपहार  सहितको योजना ल्याएको छ । 

कम्पनीले 'एच-५ वन डे वन्डर, इट्स नाउ अर नेभर’ नामक एकदिने बृहत कार्यक्रम पनि गर्दैछ । यो कार्यक्रम यही मंसिर २१ गते टाटा मोटर्स थापाथली शोरूममा हुने कम्पनीले जनाएको छ ।

योजना अन्तर्गत उक्त दिन टाटाको एच-५ गाडी बुकिङ तथा प्रि-बुकिङ गर्ने ग्राहकलाई टाटाको तर्फबाट भारी छुटसहित आकर्षक बोनस तथा आकर्षक उपहार प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार मंसिर २१ ग्ते हुने कार्यक्रममा त्यस टाटा एच-५ बुकिङ गर्ने ग्राहकले ३ लाख ५० हजार सम्मको नगद छुट, प्रत्येक बुकिङमा आइफोन-११, १ लाख ५० हजारसम्मको एक्सचेन्ज लोयल्टी बोनस, १ लाखसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् ।

साथै कम्पनीले जनाएअनुसार 'अर्ली बर्ड्स’ अन्तर्गत मंसिर १९ सम्म कम्पनीद्वारा लिंकमा गएर अनलाइन मार्फत प्रि-बुकिङ गर्ने ग्राहकले अझै २५ हजार थप नगद छुट र २५ हजारसम्मको थप एक्सचेन्च लोयल्टी प्राप्त गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

सिभिल बैंकको दशौं साधारणसभा सम्पन्न

 सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता

४ करोड लगानीमा रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा ल्याईने

कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा आउने भएको छ । त्रिशुली नदिमाथि ४ सय ६१ मिटर लामो जीपलाईनको मंगलवार शिलान्यास गरिएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको नाफा ६ महिनामै  १५ करोड 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा १२५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड २

मनोरञ्जन

कमल खनालको रुमाल बोलको गीत सार्वजनिक

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको रुमाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वर रहेको

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् ।