logo

हिमालयन डिष्टीलरीको नाफा ९२ प्रतिशतले बढ्यो

   


३ मंसिर/अर्थ र व्यापार– चालू आवको पहिलो त्रैमासमा हिमालयन डिष्टीलरीको नाफामा ९२ प्रतिशतले वृद्धि भएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको विक्री आम्दानीमा वृद्धि भएसंगै नाफामा उल्लेख्य बृद्धी आएको हो । 
कम्पनीले गत आवको पहिलो त्रैमासमा ९ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले चालू आवको पहिलो त्रैमासमा १८ करोड ७४ लाख बढी नाफा कमाएको हो । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा  ४० करोड ६८ लाख रुपैयाँ विक्री आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ६२ करोड ३३ लाख रुपैयाँ पुगेको हो । 

हाल कम्पनीको चुक्तापूँजी ५७ करोड ८४ लाख रुपैयाँ भन्दा बढी रहेको छ भने जगेडा कोषमा  ८६ करोड २७ लाख ३८ हजार रुपैयाँ सञ्चित रहेकोे छ । 

पहिलो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी रू. १०१ दशमलव १९ रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. १२९ दशमलव ६३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

तोकिएको मितिमा सबै भुक्तानी नदिएको भन्दै उखु किसानद्धारा पुनः आन्दोलनको घोषणा

उखु किसानले तोकिएको मितिमा उखुको सम्पूर्ण भुक्तानी नदिएको भन्दै पुनः आन्दोलन गर्ने बताएका छन् । 

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

मनोरञ्जन

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । 

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।