logo

व्यवसायीलाई धम्काउँदै तीन करोड रुपैयाँसम्म माग्ने चार जना पक्राउ

   


२६ कात्तिक/अर्थ र व्यापार– व्यवसायीहरुलाई धम्काएर रकम मागेको अभियोगमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट ककनीका ३३ वर्षीय बिन्तोष सिलवा सुनवार, रामेछाप सुनापती–३ का अटल भनिने रामदल श्रेष्ठ, काभ्रे तिमाल–५ का तीर्थमान तामाङ र चितवनको भरतपुरका नन्दुराज आचार्यलाई पक्राउ गरेको हो ।  

काठमाडौं उपत्यकाभित्रका व्यवसायीहरुलाई आफू नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता भन्दै रकम मागेको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिए ।

उनीहरुले तीन करोड रुपैयाँसम्म माग गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । मागेको पैसा नदिए उनीहरुले कारबाही गर्ने धम्कीसमेत दिएको अपराध महाशाखाको दाबी छ । 

उनीहरु विरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । 
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

अर्थतन्त्रमा कोरोना प्रभावः ५४ प्रतिशत उद्योग–व्यवसाय सञ्चालनमा, ४६ प्रतिशत अझै बन्द

नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार कोभिड प्रभावित उद्योग–व्यवसायहरु मध्ये ५४ प्रतिशत पुर्णरुपमा सञ्चालनमा आएको देखाएको छ ।

मनोरञ्जन

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । 

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।