logo

सोमबार सेयर बजारमा ६ अंकको गिरावट, कारोबार रकम साढे २ अर्बमाथि

   

५ असोज/अर्थ र व्यापार– सोमबार सेयर बजारमा ६ अंकको गिरावट आएको छ । सूचक १५६९ अंकमा झरेको छ । दिनभरीमा १९५ कम्पनीका २ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएका छन् ।

सोमबार सबैभन्दा बढी नेपाल बैंकको २१ करड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।  नेपाल बैंकले साधारणसभाको सुचना सार्वजनिक गरेपछि बैंकको कारोबारमा बृद्धी भएकाृ हो । यसपछि नेपाल इन्स्योरेन्स कम्पनीको १४ करोड ९० लाख रुपैयाँ र रिलायन्स लाइफको १२ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।

नबिलसँग मर्जरको चर्चाले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको पनि कारोबार बढेको छ । बैंकको ७ करोड १९ लाख रुपैयाँको किनबेच भएको छ । हिमालयन बैंकलाई मर्जरका लागि प्रस्ताव गरेको सिभिल बैंकको सेयर मूल्य २ रुपैयाँले बढेर १५९ रुपैयाँ पुगेको छ । 

आज उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूमहको सूचक झरेको छ । बैंकिङ, होटल, निर्जीवन र जीवन बीमा समूहको सूचक सबैभन्दा बढि झरेको छ ।

आइतबारबाट कारोबार सुरु भएको लिवर्टीको सेयर मूल्य १० प्रतिशतले झरेर २४३ रुपैयाँमा आएको छ । युनाइटेड फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ । 

 

तपाईको प्रतिक्रिया

मुख्य खबर

नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने विश्व बैंकको प्रक्षेपण, दक्षिण एसिया गहिरो संकटमा 

विश्व बैंङ्कले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत हुने अनुमान गरेको छ । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउँदै प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउने भएको छ ।

स्लो रफ्तारमा फास्ट ट्रयाक निर्माण आयोजना, ३ बर्षमा भौतिक प्रगती ११ प्रतिशत मात्रै   

चार वर्षभित्र निर्माण सक्नुपर्ने काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको ३ बर्ष बितिसक्दा भौतिक प्रगती ११.११ प्रतिशत मात्रै रहेको छ । 

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।