logo

कोरोना नियन्त्रणमा विगतका अनुभव र अबको वाटो

टेक बहादुर कार्की / डा.जीवनमणि पौडेल

   

मानव अस्तित्वमाथिको महामारीले विश्व समुदाय आक्रान्त र भयभित छ । २०१९ को अन्त्य तिरबाट देखिएको यो कोरोना भाईरस (कोभिड–१९) संकटले करीव चार महिनाको अन्तरालमा दुई लाख मानिसहरुको मृत्यु भईसकेको छ । हुन त रोग, भोक,दुर्घटना, अपराध र अन्य कारणले दैनिक एकलाख पचास हजार मानिसले ज्यान गुमाउँछन तर यो संख्याले मानिसको मनोबिज्ञानमा भँुइचालो ल्याउँदैन । जब कुनै घटना प्रत्येक मिनट, घण्टा, दिन र रात समाचार बन्न थाल्छ, त्यसले मानव मष्तिस्कमा आतंक सिर्जना गर्छ नै । यो त्रासदीको साक्षी बनेका युरोप, अमेरिका र अन्य देशहरु मृत्युको प्रलयमा पुगेर केहि हदसम्म तंग्रिन लागेका छन् । 

हामीसँग प्रशस्त समय थियो, यो कोभिडसँग जुध्ने तयारी गर्न । तर कोभिडलाई खेलाँचीको रुपमा लियो सरकारले । स्वास्थ्य सामग्री लगायतका आवश्यक उपकरण खरीदमा सरकारका मन्त्रीहरुको संलग्नताका कारणले गम्भीर समस्या उत्पन्न गरायो । सरकारले जनताको स्वास्थ्यको सम्वन्धमा कुनै चासो देखाएन । विश्व परिवेशमा महामारीको असर प्रत्यक्ष देख्दा समेत सरकार पिठ फर्काएर आफ्नै स्वार्थ र भ्रष्चारमा लिप्त रह्यो । आज भयले हामीलाई जसरी निल्दैछ, यो मानव इतिहासकै सबैभन्दा ठुलो चुनौती भएको छ । 


कोभिडवाट पिडित देशहरु इटाली, बेलायत, अमेरिकाले निकै ठुलो मानवीय क्षति व्यहोर्नु प¥यो । त्यही संकट र चुनौतीबाट सिकेर उनीहरुले विश्वलाई सन्देश दिएका छन । करीव दुई महिना यी देशहरुमा मानिस लासमाथि नै हिंडे । लासहरु राख्ने र गाड्ने ठाउँसम्म थिएन इटालीमा तर पनि साहसका साथ जसरी अगाडी बढ, त्यो निकै प्रशंंसनीय र अनुकरणीय छ । महामारीको उचाइसँग मानिसले डट्नै पर्ने हुन्छ । 

फितलो सरकारी रणनीति

करीव चार महिनाको महामारी इतिहास देखेको नेपालले एकातर्फ समय खेर फालेको हो भने अर्कोतर्फ रणनीति नै फितलो बनाएको कुरा देखिन्छ । भारतमा काम तथा व्यवसायिक सिलसिलामा रहेका नेपालीहरुलाई लकडाउन भईसकेपछि नेपाल प्रवेश निषेध गर्नु नै कोरोनालाई बाजा बजाएर नेपाल भित्र्याएको हो । सिमामा जनता रोकेर स्वदेश भित्रिन बञ्चित गर्नुले सरकारको नागरिक प्रतिको गैरजिम्मेवारी मात्र होइन, अमानवीयताको पराकाष्टा नै नाघ्यो । नेपाल र भारत सरकारबिचमा भएको भद्र सहमति अनुसार भारतमा रहेका नेपालका नागरिकलाई भारत सरकारले आवश्यक व्यवस्था सहित भारतमै क्वारेन्टाइनमा राख्ने र नेपालले पनि सोही बमोजिम गर्ने सहमतीको समाचार आएको थियो तर किन भारतले हाम्रा नागरिकलाई सिमासम्म ल्याएर अमानविय ब्यवहारको पराकाष्टा चुम्दै भद्र सहमतिको धज्जी उडाएको ? नेपालले उसका यहाँ भएका नागरिकलाई त्यही व्यवहार गरेर बदला लिएजस्तो त लागेन ! कि सानो देशको भन्दैमा जे मन लाग्यो ,त्यहि गर्ने ? नेपाल सरकारपनि यस्ता कुरामा चुक्नु भएन । निरीह जनता खोलामा दिनभर रातभर जोखिम मौल्दै पौडिएर देश प्रवेशगर्दा राज्यले नाङ्गै समातेर प्रशासन पु¥याएका र १०–१५ दिन हिँडेर सोलुखुम्ब ुदेखि बालबच्चा, पोकापन्तुरा सहित भोकभोकै हिंडेर गाउँ फर्केकाहरुपनि कुनै प्रकारले महामारीका राजदुत बनेका थिए । त्यसबाहेक सिमामा प्रहरी प्रशासन प्रलोभनमा पर्दापनि कयौं मानिसहरु प्रवेश गरे र सम्पर्क बिहिन बस्दा समुदायमा बिस्तार गरे । अर्को कुरा सरकारका निकायहरुको लाचारीपनले सिमावर्ति क्षेत्रमा भित्रिएका मानिसहरु पहिचान गर्न नसक्दापनि महामारी गाउँ समुदायमा हुर्किंदै गयो । 

दोस्रो कुरा सरकारले सचेतता र इमान्दारीपुर्वक नागरीकहरुलाई खाली रहेका बिद्यालय तथा कलेजहरुमा खानपान र उचित स्वास्थ्य सुविधासहित क्वारेन्टाइनमा राख्न सकेको भए महामारी नियन्त्रण सहज हुन्थ्यो । सुनिन्छ, क्वारेन्टाइनबाट शंकास्पद संक्रमितहरु भागिरहेका छन । किन त ? यसरी भाग्नुमा पहिलो सरकारले नागरिकलाई क्वारेन्टाइनमा मानिस हुनुको अनुभुति गर्न दिएन । त्यहाँ खाना तथा अन्य साधारण सुविधाहरु समेत उपलब्ध नहुँदा भागिरहेका समाचारहरु सुनिन्छन । यस्तो दुरावस्थामा नागरिकलाई किन राख्ने ? यो महामारीको औषधी छैन् । क्वारेन्टाइनमा बस्दा उस्ले पौष्टिक खानेकुरा, तातोपानी र आवश्यक चिकित्सकिय सुविधा पाएमात्र उ रोगमुक्त हुन सक्छ, नत्र क्वारेन्टाइनमै मृत्यु हुन सक्छ । यी र यस्ता तमाम लापरवाहीले क्वारेन्टाइन नरकबासजस्तो भएको छ । यदि अव भारत लगायत तेस्रो विश्वबाट उद्धार गरेर ल्याइने नेपालीहरुले त्यही दुर्दसा भोग्नु प¥यो भने र उनीहरु पनि भागे भने देशको अवस्था के होला ? समय छँदै यस्ता कमी–कमजोरीहरु नसुधारे यस्ले भयावह अवस्था सिर्जना गर्छ ।  

अर्को कुरा सरकारले लकडाउन सुरु गरेपनि उसकै निकायले समन्वयको अभाव, प्रदेश सरकार र संघीय सरकार बीचमा महामारीप्रतिको गम्भीरतालाई ध्यानमा नराखी मनमौजी यातायात अनुमति बाँडेका कारणले संक्रमितहरु देशैभरी पुगे र महामारी बिस्तार गरे । दुई महिनाको बन्दाबन्दी निष्प्रभावी हुनुमा सरकारले लिएका फितला निर्णय र कार्यान्वयन नै हुन । 

खोइ टेस्ट? 

सरकारलाई जनताले जसरी साथ दिए,सरकारले जनतालाई सेवा दिन सकेन । २ महिनाको बन्दाबन्दीमा रेन्डम स्याम्पलिङ तिब्र गरिदिएको भए त्यसले कोभिड–१९ को नियन्त्रणमा ठुलो सहयोग पुग्थ्यो । त्यतिमात्र होइन,त्यसबाट आम नागरीकमा आत्मविश्वास बढ्नुका साथै क्षेत्रहरुलाई खतरा, कम खतरा र खतरामुक्तमा छट्याई मानिसहरुलाई बन्दाबन्दीको लामो प्रभावबाट पर्न गएको मनोबैज्ञानिक असरबाट मुक्ति दिन सकिन्थ्यो । बन्दाबन्दी महामारी रोक्ने उपाय त हो तर यससँग गाँसिएका अनेकन मनोरोग, चिन्ता र भयलाई कम गर्न यस्ता वर्गीकरणले निकै ठुलो भुमिका निर्वाह गर्दछ । त्यसबाहेक टेष्टको प्राप्त परिणामको आधारमा ति क्षेत्रहरुमा सुरक्षित ढंगले निर्माण, कारखाना तथा अन्य आर्थिक गतिविधिहरु सञ्चालन गर्न सकिन्थ्यो, जुन यस बिषम परिस्थितिमा निकै महत्वपुर्ण र फलदायी हुन्थ्यो । 

दुई महिना निकै लामो अवधि हो । यस अवधिमा सरकारले प्रभावकारी काम गरेर डुब्दै गरेको अर्थतन्त्र र परनिर्भरतालाई घटाउन योगदान गर्ने अवसरहरु सिर्जना गर्न सक्थ्यो । महिनौं महिना मानिसलाई घरबन्दी बनाएर राख्दा त्यसबाट पर्ने शारीरिक, मानसिक र आर्थिक असरले देशलाई ठुलो भार पर्न जाने निश्चित छ । बन्द लम्याउदै जाने सरकारको कदमले समाजमा पर्न गएको अघोषित नोक्सानी अपुरणिय छ । त्यो असर न्युनीकरण गर्न सरकारले निसर्त टेष्ट बढाउनुको बिकल्प छैन ।  

सम्भावित रणनीति

कोभिड स्थानिय महामारी होइन तर यसले हाराहारी ३०० सय संक्रमित भइसकेका छन । माथि उल्लेखित उपायहरु अपनाएको भए हामी महामारीको चपेटाबाट बच्ने थियौं । सफल रणनीतिक सतर्कता र नियन्त्रणले ताइवान कोरोना फ्रि जोन छ । यदि सरकार जिम्मेवार बन्न सक्ने हो भने सबै कुरा सम्भव छ तर हाम्रोमा त्यो हुन सकेन । 

महामारी त फैलिसक्यो ! विश्व स्वास्थ्य संगठनका सल्लाह र सुझावहरु अपनाएर केही हदसम्म सुरक्षित हुन सकिन्छ । तर हाम्रो जस्तो सामाजिक संरचना र चेतनाको स्तर भएका समाजमा यतिले मात्र पार पाउन सकिन्न । महामारी अझ सशक्त र बृद्धि हुने कुरा निश्चित छ । हाम्रा बैदेशिक रोजगारीमा गएका मानिसहरुको आगमनले पुनः महामारीको अवस्था निकै चुनौतिपुर्ण हुने कुरामा दुइमत छैन । त्यसो भए हामीसँग के उपायहरु होलान त यो बिकराल परिस्थितिसँग जुध्न ? कसरी अगाडी बढ्ने त ? के यसको औषधी बनेपछि मात्र हामी सहजतामा फर्किन सक्छौं ? के हामी मौलिक उपायहरु अपनाएर यो महामारीबाट सुरक्षित रहन सक्छौं कि सक्दैनौं? 

बिभिन्न औषधी बिज्ञान, अनुसन्धान, स्वास्थ्य बिज्ञ तथा अन्वेषकका अनुसार पनि यसको औषधी बन्न अझै ६÷८ महिना लाग्न सक्ने जानकारी तथा तथ्यहरु बाहिरिरहँदा हामी ढुक्क भएर काममा फर्कन लगभग त्यति अवधि प्रतिक्षा गर्नै पर्ला । तर यति भनिरहँदा विश्वका सबै मानिसहरु यो अवधीभरी काम बिना गुजारा गर्न सक्छन त ? यस्ता तमाम प्रश्नहरु हाम्रो सामु रहेका छन । त्यसैले हामीहरु अवका दिनमा आत्मबल बलियो बनाउँदै आवश्यक सतर्कता अपनाएर काममा नफर्के त हुन्न । सामाजिक दुरी कायम गर्दै अगाडी बढ्न नसके हामीहरु विकराल अभाव र गरीवीको चपेटामा परिसकेका हुनेछौं । 

दुइ दिन यताका दुइवटा मृत्युलाई कोरोनासँग हेरिएको छ । यदि यस्तो प्रकृति र अवधिलाई हेर्ने हो भने यो निकै अप्रत्यासित र खतरनाक हुनपनि सक्छ । यदि भाइरस भुगोल अनुसार आफ्नो प्रभाव बदल्छ र यसको आम चरित्रबाट फरक रुपमा असर देखाउछ भने यो निकै भयानक हो तर यसबारेमा बिज्ञहरुका अनुसार अहिले नै भन्न सकिने अवस्था छैन । यी दुइ घटनाको पछाडि महिलाको परिवारमा गरिएका परीक्षण हेर्दा नवजात शिशु लगायत सुत्केरीलाई स्याहार गर्ने परिवारका सदस्यहरुपनि कोरोना परिक्षणमा संक्रमित नदेखिनुले यहाँ धेरै प्रश्नहरु जन्मिन सक्छन । आयो भाइरस कमजोर भनौं या रहस्यमयी हो दुविधा छ । यस्ता तथ्यले कोभिडको सम्वन्धमा गरिएका अध्ययन, अनुसन्धान र विश्वसनियतामा गम्भिर प्रश्न चिन्ह खडा गरेको छ । के विश्व स्वास्थ्य संगठनले दिएका जानकारीहरु गलत हुन या भाइरसको प्रकृति बुझ्न बिज्ञान चुकेको हो ? 

अवका सम्भावित उपायहरु हामी आफैंसँग निर्भर रहने छन । सुरुवाति समयमा युरोप तथा अन्य देशमा अपनाइएका चिकित्सकिय उपायहरु त्यति लाभप्रद देखिएनन् । त्यसैले युरोप लगायत अमेरीकाले २ महिनाको अवधिमा निकै ठुलो मानविय क्षति ब्यहोर्नु प¥यो । तर महामारीसँग जुध्ने सिलसिलामा मानिसहरुले मौलिक उपायहरु निकाले, जसले औषधी र चिकित्सा पद्धतिभन्दा प्रभावकारी र सुरक्षित परिणामहरु निकाल्न सहयोग ग¥यो । हामी २ महिनादेखि बेलायत र अमेरिकामा रहेका नेपाली समुदायसँग बराबर सम्पर्कमा रहेर त्यहाँका अनुभवहरु संकलन गर्दै रहेको छौं । बेलायतमा मृत्यु भएका नेपालीहरु प्राय लामो समयदेखि त्यहीं बसोबास गरिरहेका, सर्तकताका सन्दर्भमा कमजोर रहेका, खानपान संस्कारमा ध्यान नदिएका र भाषामा राम्रो पहुँच नभएका कारणपनि चिकित्सकका सुझावहरुलाई चुस्त दुरुस्त अपनाउन नसक्दा ज्यान गुमाउनु परेको अनुभव र तथ्यहरु पाइएका छन । त्यसैगरी अमेरीकी सन्दर्भको कुरा गर्दा त्यहाँ प्रारम्भिक चरणमा संक्रमितहरु क्वारेन्टाइनमा राखिए । क्वारेन्टाइन अवधिमा रोगीहरु अपेक्षित रुपमा लाभान्वित हुन नसकेपछि घरमै आइसोलेसन अपनाइ बस्न सरकारले सुझाएपछि  निकै उपलब्धिहरु भएका उदाहरणहरु सुन्नमा आए । किनकी घरमा बस्दा परिवारको रेखदेख र पौष्टिक आहारले महामारीबाट तंग्रीन निकै द्रुतगतिमा सहयोग ग¥यो । 

राष्ट्रिय तदारुकताको कमी

यो महाबिपत्तिबाट संसारको अर्थतन्त्रमा अपुरणीय क्षति पुगेको छ । युरोप अमेरीकाले मात्र होइन एशियाका बंगलादेश, पाकिस्तान र भारतले अरवौं खरवौंको राहत प्याकेज ल्याएका छन तर हाम्रो सरकारले राहतप्रति कुनै चासो र सरोकार देखाएको छैन । अमेरिकाले आफ्ना नागरिकलाई प्रतिहप्ता प्रतिव्यक्ति ६०० डलर र थप अरु स्वास्थ्य बिमा समेत गरिदिएको छ । भारत र अन्य एशियाली मुलुकहरुले धराशायी अर्थतन्त्र उठाउन र जनताको मनोबल उच्च राख्न निकै महत्वाकांक्षी योजनाहरु अगाडी सारेका छन । हाम्रो सरकारको भर्खरै ल्याएको निति तथा कार्यक्रममा राहत र थलिएको अर्थतन्त्र उठाउने कुनै ठोस योजनाहरु नआउनुले जनता थप निरास बनेका छन । उद्योगी,व्यवसायी, लगानीकर्ता र सेवा व्यवसायमा संलग्नहरुको स्थिति झन भयावह छ । हस्पिटालिटिसँग सम्बद्ध होटल र पर्यटन त केहि बर्ष उठ्न सक्ने सम्भावना नै छैन । यस्तो अवस्थाबाट गुज्रिनु परेका उद्योगी, व्यवसायीको राहतको निम्ति सरकारले दिर्घकालीन योजना बनाउनु पर्दैन र ? सांगठनिक क्षेत्रका कामदारले त केही प्रतिशत राहत पाउलान तर असंगठित र अस्थायी पेसामा सम्वद्धहरुको अवस्था के हुन्छ ? के सरकार नागरिकप्रति यस्तै अनुदार बनेर पन्छाउ प्रवृत्ति पालेर नागरिकप्रतिको दायित्व पुरा गर्न सक्छ ? सरकारलाई के कुराले जनता र देशप्रति यति गैरजिम्मेवार बनायो ? 

महाव्याधिपछिको अर्को भयावह अनिकालले धेरै मानिस मर्ने सम्भावना टाढा छैन । हरेक रात ८ करोड मानिस भोकै सुत्न बाध्य छन भने प्रत्येक १० मिनेटमा २ जना भोकमरीले मरिरहेको अवस्थामा आउँदो अनिकालको महाप्रलयलाई कम गर्न सरकारले कृषिमा मौसमी खेती तथा तरकारी, फलफुल र पशुपालनमा के योजना बनाएको छ ? 

मौलिक ज्ञान, सरसफाइ, सनातन संस्कारको अभ्यास र ताजा खानेकुराको सेवन 

हाम्रा दैनिक जीवनका सनातन गतिविधिहरु अझ परिस्कृत र आचारपुर्ण ढंगले पालना गर्नुपर्ने छ । हाम्रा भान्सामा प्रयोग हुने बेसार, लसुन, अदुवा, मरिच, टिम्मुर, मेथी, ज्वानो, चिमफिङ, गुर्जो, प्याज, बुढो ओखती, जिम्मु जस्ता मसला तथा औषधीजन्य वस्तुहरुको सेवन नियमित गर्नु जरुरी छ । अमेरीकामा संक्रमित नेपाली भाषीहरुसँग कुराकानी गर्दा २५ बर्षदेखी ८३–८५ बर्ष उमेरकाहरु यिनै खानेकुराहरु खाएर २२ दिनदेखी ३० दिनभित्रमा निको भएर काममा फर्केको जानकारी प्राप्त भयो । औषधी त केही छैन, यिनै खानेकुराहरु नियमित खाने र १०–१० मिनेटको अन्तरमा तातोपानी र बेला बेलामा काँचो बेसार खाने गर्दा यसबाट निको भएको कुरा बताए । त्यसबाहेक भान्सामा ताजा सागसब्जी, फलफुल र तातो–तातो खानाहरु खानाले शारीरिक तन्दुरुस्ती बढ्ने र यो महामारीलाई जित्न सकिने प्रमाणित र ब्यवहारिक तथ्यहरु जानकारीमा आएका छन । 

बेदमा बेसारलाई सयौं रोगको औषधी मानिन्छ । त्यसैले काँचो बेसार (नउसिनी सुकाएर बनाइएको धुलो) निकै ठुलो एण्टिबायोटिक हो । सागसब्जी बाहेक गेडागुडीको रस, कोदो–फापरको ढिंडो, ब्ल्याक राइस, जुनेलो, सिताके च्याउ जस्ता खानेकुराहरु मिलाएर खान सके रोग लागिहालेपनि त्यत्ति गाह्रो पार्न सक्दैन । 

त्यसबाहेक हामी घरमै बसी नियमित योग, साधना र व्यायाम गरी स्वास्थ्यलाई तन्दुरुस्त बनाउन सक्छौं भने गीतसंगीत सुनेर र अभ्यास गरेर मन मष्तिष्क स्वस्थ बनाउन सक्छौं । यसबाहेक रुचिका पुस्तकहरु पढेर र क्षमता र ज्ञान अनुसार सिर्जना गरेर आफ्नो समय फलदायी बनाउन सक्छौं ।  

प्रेरणा, साहस र धैर्यता

हामी कोभिडसँग त्यति परिचित छैनौं । सामाजिक सञ्जालमा एक दुईजनाको मृत्युको खबरले निकै हत्तोत्साही र निराजनक बिचारहरु व्यक्त भएको पाइयो । बेलायतबाट प्रकाशित हुने द इन्डिपेन्डेन्टमा दिएको आजसम्मको संक्रमितको संख्या करीब १ करोड ९० लाख रहेको छ । त्यस्तै अमेरिका लगायत रुस र ब्राजिल पछिल्लो समय संक्रमण र नोक्सानी व्यहोर्नेको पहिलो स्थान नउक्लेलान भन्न सकिन्न । हाम्रो छिमेकी भारतपनि निकै प्रभावित अवस्थाबाट गुज्रिरहेको छ ।  हामीले ४०० संक्रमीतको संख्या सुन्दा अव सकियो मरियो भन्ने चिन्ताहरु बारम्बार सुन्ने र पढ्ने गरेका छौं । तर हामी जे सोच्तैछौ, त्यो कदापी होइन । करीव ६ महिनाको सेरोफेरोमा ३ लाख ७० मानिसहरु यसबाट मरेका छन । हामी हरेकदिन रोग, भोक र शोकले मरेका १ लाख ५० हजारको तथ्यांक बिर्सीरहेका हुन्छौं । यसरी हेर्दा ६ महिनामा ३ दिनको मृत्यु संख्या बराबर मात्र पुगेको छ कोभिडले मृत्यु हुने ! हामी किन निराश र हतास ? 

यस्तो निरासा र संकटमा राष्ट्रले सार्वजनिक सञ्चार माध्यहहरुबाट राष्ट्र प्रमुखदेखि देशका प्रतिष्ठित व्यक्तित्वहरु, मनोबैज्ञानिक, समाजशास्त्री, महामारीविद्, कलाकार, नायक, गायक, मानवशास्त्री, पोषणवीदहरु मार्फत जनतालाई उत्साह, आँट, प्रेरणा, काउन्सेलिङ र राज्य आफु सबैको संरक्षक भएको र जनताका निम्ति गर्दै गरेका  र भविष्यलाई ध्यानमा राखेर गरिने प्रयासहरु हरेकदिन जनता समक्ष राख्नु पर्दछ । मानिसको मनोबिज्ञानमा एकपटक छिरेको त्रास र भयलाई निकाल्न मास थेरापीको आवश्यकता अपरिहार्य छ । राज्यले हरेक दिन जनतालाई निश्चित समयमा विज्ञहरुलाई जनतासामु सकारात्मक र सिर्जनात्मक सन्देशहरु प्रवाह गर्ने प्रयास चाँडोभन्दा चाँडो गर्नु नितान्त आवश्यक छ । जब राष्ट्रप्रमुख र कार्यकारीहरु जनतालाई साहस, प्रेरणा र धैर्यता प्रदान गर्न आफ्ना योजना र प्रयासहरुका साथ जनतासामु देखिन्छन, त्यसले जनतालाई महामारीसँग लड्ने र धैर्य गर्ने अदम्य साहस प्रदान गर्दछ ।    

अन्तमा हामी सवै नेपालीहरुले आत्मबिश्वास बढाउँदै आफ्ना मौलिक ज्ञान, संस्कार तथा यस रोगसँग टाढा रही सुरक्षित हुन अपनाउने पर्ने सम्पुर्ण उपायहरु अपनाई अघि बढौं । हामी हार्ने छैनौं । हामी यो भाइरस युद्धलाई जितेर स्वस्थ्य जीवन जीउने प्रण गरौं ।  
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

संविधान असंशोधनीय दस्तावेज होइन, आवश्यकता र औचित्यताका आधारमा संशोधन हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असंशोधनीय दस्तावेज नभएको भन्दै आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।   

केहि ट्राभल एजेन्सी र एयरलाईन्सले कार्टेलिङ गरेको आरोप

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का पूर्व अध्यक्ष सि.एन पाण्डेले पर्यटन व्यवसायमा रहेका करिव आधा दर्जन ट्राभल एजेन्सी, विदेशी एयरलाइन्स र ती एयरलाईन्सका नेपाल प्रमुखहरुको

भदौ १६ वाट हवाई तथा पर्यटन सेवा सञ्चालन गर्न पर्यटन क्षेत्रका संस्थाहरुको माग

भदौ १६, २०७७ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न पर्यटनसंग सम्बन्धित संघ–संस्थाहरुले अनुरोध गरेका छन ।

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो