logo

नेकपा निकट उद्योग व्यवसाय महासंघद्वारा सरकारलाई नौ बुँदे सुझाव पेश

   

४ बैशाख / अर्थ र व्यापार- नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघले कोरोना भाइरसको महामारीबाट निजि क्षेत्रलाई धरासयी हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार अर्थमन्त्री डा.युवराज खतिवडालाई नौ बुँदे सुझाव पत्र पेश गर्दै निजि क्षेत्रलाई धरासयी हुनबाट जोगाउन अनुरोध गरेको हो । महासंघ नेकपा निकट उद्योगी व्यवसायीहरुको संस्था हो ।

महासंघले कोरोना भाइरसको महामारीको चपेटामा परेका व्यवसायी, कर्मचारी र मजदुरहरुको हितमा सरकारले उचित राहत प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिएको छ । महासंघले कूल गार्हस्थ उत्पादनमा असर पर्ने,बेरोजगारी तथा गरीबीको बृद्धि हुने उल्लेख गर्दै पर्यटन, कृषि निर्यात, व्यापार लगायतका प्रत्यक्ष प्रभावित क्षेत्रसंग जोडिएकालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष लक्ष्मिदास मानन्धरद्वारा हस्ताक्षर गरिएको सुझावपत्रमा परिस्थितिको मूल्यांकन गरेर सरकारले समयानुकुल निर्णय लिनेछ भन्नेमा महासंघ आशावादी रहेको उल्लेख छ । 
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

संविधान असंशोधनीय दस्तावेज होइन, आवश्यकता र औचित्यताका आधारमा संशोधन हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असंशोधनीय दस्तावेज नभएको भन्दै आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।   

केहि ट्राभल एजेन्सी र एयरलाईन्सले कार्टेलिङ गरेको आरोप

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का पूर्व अध्यक्ष सि.एन पाण्डेले पर्यटन व्यवसायमा रहेका करिव आधा दर्जन ट्राभल एजेन्सी, विदेशी एयरलाइन्स र ती एयरलाईन्सका नेपाल प्रमुखहरुको

भदौ १६ वाट हवाई तथा पर्यटन सेवा सञ्चालन गर्न पर्यटन क्षेत्रका संस्थाहरुको माग

भदौ १६, २०७७ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न पर्यटनसंग सम्बन्धित संघ–संस्थाहरुले अनुरोध गरेका छन ।

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो