logo

स्पर्स लघुवित्तद्धारा मासिक समिक्षा तथा व्यवस्थापन तालिम सम्पन्न

   

४ फागुन / अर्थ र व्यापार - स्पर्स लघुवित्त वित्तीय संस्थाले आ.व २०७६र२०७७ माघ मसान्त सम्मको समिक्षा तथा धितो कर्जा तालिम सम्पन्न गरेको छ । पोखरामा फागुन ३ गते सम्पन्न भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए ।

कार्यक्रममा शाखा प्रवन्धकहरुले यस आ.व को माघ मसान्त सम्मको कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा शाखाको योजना प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाका सहायक प्रबन्धक सुदिप आचार्यले वित्तीय संस्थाले भोगेको समस्या तथा लघुवित्तका अवसरहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै, उनले आँउदो त्रैमासको लक्ष्य प्राप्तीका रणनीति सँगै सफलताको शुभकामना दिएका थिए । धितोकर्जा व्यवस्थापन तालिममा श्रवणकुमार सपोर्ट प्रा.लि का प्रशिक्षकहरुले सहजिकरण गर्नुका साथै जनशक्ति व्यवस्थापन विभाग प्रमुख विनोद पराजुलीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित ३० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

संविधान असंशोधनीय दस्तावेज होइन, आवश्यकता र औचित्यताका आधारमा संशोधन हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असंशोधनीय दस्तावेज नभएको भन्दै आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।   

केहि ट्राभल एजेन्सी र एयरलाईन्सले कार्टेलिङ गरेको आरोप

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का पूर्व अध्यक्ष सि.एन पाण्डेले पर्यटन व्यवसायमा रहेका करिव आधा दर्जन ट्राभल एजेन्सी, विदेशी एयरलाइन्स र ती एयरलाईन्सका नेपाल प्रमुखहरुको

भदौ १६ वाट हवाई तथा पर्यटन सेवा सञ्चालन गर्न पर्यटन क्षेत्रका संस्थाहरुको माग

भदौ १६, २०७७ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न पर्यटनसंग सम्बन्धित संघ–संस्थाहरुले अनुरोध गरेका छन ।

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो