logo

राजश्व तिर्नका लागि बैंकिङ प्रणालीबाट ४१ अर्ब रुपैयाँ बाहिरियो

   

५ माघ / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकको अद्यावधिक तथ्याङ्क अनुसार, पुस मसान्तको राजश्वका लागि  बैंकिङ प्रणालीबाट ४१ अर्ब रुपैयाँ सरकारी खातामा जम्मा भएको छ।
मसान्तसम्म १२ अर्ब रुपैयाँ तरलता हराएकोमा भोलिपल्ट अद्यावधिक हिसाब निकाल्दा थप २८ अर्ब हराएको भेटिएको छ। 

’राजश्व खातामा पैसा जम्मा भएकै कारण अन्तर बैंक सापटी दर ४.६९ प्रतिशतमा उक्लिएको छ’ राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले बिजमाण्डूसँग भने, ’अहिले तरलतामा दबाब परेको छ।’

पुस २८ गते बैंकिङ प्रणालीमा ५२ अर्ब ६७ करोड रुपैयाँ अधिक तरलता थियो। ४० अर्ब सरकारी खातामा जम्मा भएपनि ब्याज भुक्तानीबाट केही निक्षेप सुधार हुँदा अहिले प्रणालीमा २६ अर्ब अधिक तरलता छ।

सरकारको राजस्व संकलन गर्ने प्रमुख बैंक एभरेष्ट हो। राष्ट्र बैंकका अनुसार, एभरेष्टको खाताबाट अधिकांश रकम सरकारी खातामा गएको हो। अरू केही बैंकले फुटकर रूपमा मात्र राजस्व संकलन गर्छन्।

प्रणालीको पैसा झिकिएर एकैपटक सरकारी खातामा सर्दा पुस मसान्तका दिन अन्तर बैंक सापटी दर ३.५१ प्रतिशतमा उक्लिएको थियो। त्यसपछि निरन्तर बढेर साढे ४ प्रतिशतमाथि उक्लिएको हो। यसअघि ब्याज दर करिडोरको न्यूनतम सीमाभन्दा तल रहेको अन्तर बैंक सापटी पुस मसान्तको दिनदेखि करिडोरको सीमाभित्र आएको छ।

तीन प्रतिशतभन्दा तल अन्तर बैंक सापटी दर झर्न नदिने करिडोरको नीति छ। यसअघि राष्ट्र बैंक तरलता बढ्ने बित्तिकै करिडोर कार्यान्वयन गर्न असफल देखिँदै आएको थियो। 

तरलता अभावले अन्तर बैंक सापटी उक्लिएपछि राष्ट्र बैंकले चाँडै रिपो जारी गर्ने योजना बनाएको छ। रिपोमार्फत केन्द्रीय बैंकले बैंकिङ प्रणालीलाई अल्पकालिन रुपमा पैसा उपलब्ध गराउँछ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थावाट ठगिएको भन्दै उजुरी

पुल्चोक,ललितपुरस्थित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सम्पत्ती कुनियत राखि हड्प्ने कोशिस गरेको भन्दै पिडितले भुमि व्यवस्था तथा सहकारी

सरकारी निर्णय विपरित पुनः चार्टर फ्लाईटलाई अनुमति, यात्रु संग दोब्बर भाडा असुली

विदेशमा रहेर समस्यामा परेका नेपाली र नेपालमा रहेका विदेशी नागरिकहरुलाई आफ्नो देश फर्काउन सरकारले केहि एयरलाईन्सहरुलाई अनुमति दिने निर्णय गरेपश्चात पुनः आफ्नै निर्णय विरुद्ध थप एयरलाईन्सहरुलाई

अजोड इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

 नेपाल धितोपत्र वोर्डले अजोड इन्स्योरेन्स लिमिटेड लाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आईतवार अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो