logo

नाट्टा निर्वाचनमा तीन समुह हुने सम्भावना, टिम पु¥याउनै सकस

   

१८ पुष/ अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी माघ ३ गते हुने निर्वाचनको लागी तीन समुह बिच प्रतिस्पर्धा हुने देखिएको छ । नाट्टाको अध्यक्षका लागी वर्तमान बरिष्ठ उपाध्यक्ष अच्युत शर्मा गुरागाईं, पूर्व उपाध्यक्ष डि.के शर्मा र पूर्व महासचिव मिहिका धाख्वा शाहको तयारी रहेको देखिएको छ ।

उम्मेदवारी दर्ता गर्ने समय पौष २२ गते नजिकै आईसकेपनि कुनै पनि समुहले टिम निर्माण गर्न सकेका छैनन । करिव ५ सय पनि सदस्य नभएको संस्थामा व्यक्तिगत ईगो र कसैले कसैलाई नस्विकार्ने अवस्था देखिएको कारण तीन समुह निर्माण हुने परिस्थिति आएको नाट्टाका एक पूर्व अध्यक्षले अर्थ र व्यापारलाई वताए ।

पर्यटन क्षेत्रमा हुने अन्य निर्वाचनमा राजनितिक दल निकट व्यवसायिका संस्थाहरु सक्रिय रहने भएपनि यसपटकको नाट्टा निर्वाचनमा उनीहरुको भुमिका खासै देखिएको छैन । अध्यक्षमा उठ्न चाहने तीनै जनालाई कार्यसमिति निर्माण गर्न नै सकस भएको र उम्मेदवार मनोनयन गर्ने दिनसम्म को कता जाने हो भन्ने टुंगो नरहेको व्यवसायीहरु नै वताउँछन ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

अजोड इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

 नेपाल धितोपत्र वोर्डले अजोड इन्स्योरेन्स लिमिटेड लाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आईतवार अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख

नेकपा निकट उद्योग व्यवसाय महासंघद्वारा सरकारलाई नौ बुँदे सुझाव पेश

नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघले कोरोना भाइरसको महामारीबाट निजि क्षेत्रलाई धरासयी हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार

पर्यटन क्षेत्रमा २ प्रतिशत व्याजमा कर्जा प्रवाह गर्न टानको अनुरोध

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले कोरोना भाइरसले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा पु¥याएको हुँदा सन् २०२० मा पर्यटनसंग

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो