logo

मन्त्री पदलाई युद्धकै मोर्चा ठानेको छु : उद्योगमन्त्री भट्ट

   

 ९ मंसिर / अर्थ र व्यापार - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयको कामलाई युद्धकै मोर्चाको रुपमा लिएको बताएका छन् ।

पाँचौं उद्योग दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले भने ‘युद्धको मोर्चाको रुपमा मन्त्रालय पाएका छौं, । हामीलाई युद्ध हार्ने छुट छैन । उद्योगीका समस्या गम्भीरतापूर्वक लिने र अध्ययन गर्ने  बेला हो । अहिले बोल्ने बेला भएको छैन, चार दिनमात्रै भयो ।’

मन्त्री भट्टले उद्योगीले आफ्नो समस्या लिएर मन्त्रालय धाउनु नपर्ने भन्दै समस्या बुझ्न आफैं जाने बताए । ‘फाइल बोकेर उद्योगीले विभिन्न निकाय धाउनुपर्दैन’ उनले भने । गलत काम नगर्न र आफूहरुलाई पनि गलत कामतर्फ आकर्षित नगर्न मन्त्री भट्टले उद्योगीलाई आग्रह गरे ।


उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रको सफलताको लागि आफूले सबैखालको पहल गर्ने बताए । राज्यमन्त्रीको रुपमा आफू असफल भए समग्र निजी क्षेत्र असफल हुने भन्दै उनले स्थापना भएका कुनै पनि नेपाली उद्योगमा ताला लाग्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

संविधान असंशोधनीय दस्तावेज होइन, आवश्यकता र औचित्यताका आधारमा संशोधन हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असंशोधनीय दस्तावेज नभएको भन्दै आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।   

केहि ट्राभल एजेन्सी र एयरलाईन्सले कार्टेलिङ गरेको आरोप

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का पूर्व अध्यक्ष सि.एन पाण्डेले पर्यटन व्यवसायमा रहेका करिव आधा दर्जन ट्राभल एजेन्सी, विदेशी एयरलाइन्स र ती एयरलाईन्सका नेपाल प्रमुखहरुको

भदौ १६ वाट हवाई तथा पर्यटन सेवा सञ्चालन गर्न पर्यटन क्षेत्रका संस्थाहरुको माग

भदौ १६, २०७७ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न पर्यटनसंग सम्बन्धित संघ–संस्थाहरुले अनुरोध गरेका छन ।

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो