logo

अजोड इन्स्योरेन्सद्वारा ३ महिनामा २० करोड बीमा शुल्क आर्जन

   

२८ कात्तिक / अर्थ र व्यापार- अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा करिब २० करोड ७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ४ करोड २९ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको समिक्षा अवधिमा ३ हजार ७३५ बीमा लेख जारी गरेकोमा यस वर्षको समिक्षा अवधिमा कम्पनीले २६ हजार ४४३ बीमा लेख जारी गरेको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको प्रथम ३ महिनामा ५ करोड ३६ लाख बीमा दावी भुक्तानी गरेको छ भने थप ४ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको कम्पनीले जनाएको छ । चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको यस कम्पनीले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको तयारी गरिरहेको छ । 
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

अजोड इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

 नेपाल धितोपत्र वोर्डले अजोड इन्स्योरेन्स लिमिटेड लाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आईतवार अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख

नेकपा निकट उद्योग व्यवसाय महासंघद्वारा सरकारलाई नौ बुँदे सुझाव पेश

नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघले कोरोना भाइरसको महामारीबाट निजि क्षेत्रलाई धरासयी हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार

पर्यटन क्षेत्रमा २ प्रतिशत व्याजमा कर्जा प्रवाह गर्न टानको अनुरोध

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले कोरोना भाइरसले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा पु¥याएको हुँदा सन् २०२० मा पर्यटनसंग

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो