logo

व्यापार संरक्षणवादले पनि चीनको आर्थिक विकास स्थिर, बजार खुलापनका लागि सहकार्य गर्ने

   

२० कात्तिक / अर्थ र व्यापार 

चीनका राष्ट्रपति सी चिनपिङले चीनको आर्थिक विकासमा निरन्तरता दिँदै अघि बढ्ने बताएका छन् । मंगलबार साङ्घाईमा सुरू भएको दोस्रो अन्तर्रा्ष्ट्रिय आयात एक्स्पोलाई राष्ट्रपति सीले चीनको आर्थिक विकास उज्ज्वल रहने विश्वास व्यक्त गरे ।  

निरन्तरको आर्थिक विकासबाट चिनियाँ अर्थतन्त्रलाई स्थिर राख्न सकिने बताउँदै यसले विश्व आर्थिक पुनःरूत्थानका लागि ठूलो विश्वास थपिएको उनले बताए । व्यापार संरक्षणवाद र विश्वव्यापीकरण प्रतिरोध प्रवृत्तिले केही बर्षदेखि विश्वको आर्थिक विकास कमजोर देखिएको भएपनि चीनको आर्थिक विकास स्थिर रूपमा अघि बढेको राष्ट्रपति सीको दाबी थियो ।

उनले भने, “बजारको थप खुलापन, खुला ढाँचामा थप सुधार, व्यापारिक वातावरणको नयाँ बाटो, बहुपक्षीय तथा द्वीपक्षीय सहयोगको गहनता, वेल्ट एन्ड रोडको संयुक्त निर्माणलाई अरू बढाउने भएर चीनले अनेकौँ व्यवहारिक गतिविधि गरी विश्वसँग विकास गर्ने अठोट देखाएकोले विश्व समुदायले चीनलाई विश्वासिलो मित्रका रूपमा लिने गरेका छन्।” चीन आफ्नो विकाससँगै विभिन्न मुलुकसँगको सहकार्यमा विश्वास गर्ने र यसबाट उनीहरूलाई पनि समृद्धिको बाटोमा लैजाने उनले बताए ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

संविधान असंशोधनीय दस्तावेज होइन, आवश्यकता र औचित्यताका आधारमा संशोधन हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असंशोधनीय दस्तावेज नभएको भन्दै आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।   

केहि ट्राभल एजेन्सी र एयरलाईन्सले कार्टेलिङ गरेको आरोप

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का पूर्व अध्यक्ष सि.एन पाण्डेले पर्यटन व्यवसायमा रहेका करिव आधा दर्जन ट्राभल एजेन्सी, विदेशी एयरलाइन्स र ती एयरलाईन्सका नेपाल प्रमुखहरुको

भदौ १६ वाट हवाई तथा पर्यटन सेवा सञ्चालन गर्न पर्यटन क्षेत्रका संस्थाहरुको माग

भदौ १६, २०७७ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न पर्यटनसंग सम्बन्धित संघ–संस्थाहरुले अनुरोध गरेका छन ।

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो