logo

सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजारमा पठाउन सिमेन्ट उत्पादक सङ्घलाई आग्रह

   

२६ असार / अर्थ र व्यापार - सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बिहीबार विज्ञप्ति जारी गरी सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउन सिमेन्ट उत्पादक सङ्घलाई आग्रह गरेको हो ।

विभागले सर्वोच्च अदालत, संयुक्त इजलासको आदेश ०६९ डब्लुओ ०२१४ समेतको मुद्दामा २०६९ भदौ १९ मा जारी अन्तरिम आदेश निष्कृय हुनेगरी फैसला भएअनुसार सबै सिमेन्ट उद्योगलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजारमा पठाउन आग्रह गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजारमा पठाउँदा गुणस्तर लामो समयसम्म ह्रास नहुने र सिमेन्टको बोराबाट निस्कने धुलो कम हुने बताए । लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजारमा नपठाउने सिमेन्ट उद्योगलाई कारवाही गर्नेसमेत विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

संविधान असंशोधनीय दस्तावेज होइन, आवश्यकता र औचित्यताका आधारमा संशोधन हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असंशोधनीय दस्तावेज नभएको भन्दै आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।   

केहि ट्राभल एजेन्सी र एयरलाईन्सले कार्टेलिङ गरेको आरोप

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का पूर्व अध्यक्ष सि.एन पाण्डेले पर्यटन व्यवसायमा रहेका करिव आधा दर्जन ट्राभल एजेन्सी, विदेशी एयरलाइन्स र ती एयरलाईन्सका नेपाल प्रमुखहरुको

भदौ १६ वाट हवाई तथा पर्यटन सेवा सञ्चालन गर्न पर्यटन क्षेत्रका संस्थाहरुको माग

भदौ १६, २०७७ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न पर्यटनसंग सम्बन्धित संघ–संस्थाहरुले अनुरोध गरेका छन ।

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो