logo

साढे पाँच मेगावाटको घलेम्दी जलविद्युत आयोजना अन्तिम चरणमा

   

१२ मंसिर / अर्थ र व्यापार- अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ । 

पाँच दशमलव पाँच मेगावाट क्षमताको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युतगृह निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । चैत महीनाभित्रै परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित तीव्रगतिमा काम अघि बढाएको घलेम्दी हाइड्रो लिमिटेडका सचिव बिमल रिजालले बताए । म्याग्दीका उद्योगी व्यापारीको अगुवाइमा विसं २०७१ कात्तिकदेखि निर्माण शुरु गरिएको आयोजनाको २०७४ भदौमा एक हजार ६९५ मिटर सुरुङ निर्माण गरिएको थियो । आउटलेट तर्फको एक हजार र बाँधबाट निर्माण गरिएको ६९५ मिटर सुरुङ प्लास्टर गर्ने काम भइरहेको छ । 

निलगिरिखोलाको बायाँ किनारमा विद्युतगृह निर्माणमा दैनिक करीब १०० मजदुर परिचालन भएका छन् । विद्युतगृहको छानो छाउने र प्लास्टर गर्ने काम बाँकी छ । आयोजनाको हेडको दूरी १७५ मिटर अग्लो छ । वि.सं २०७४ चैत भित्र उत्पादन शुरु गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी, भौगोलिक विकटता र बैसरीमा कालीगण्डकी थुनिने गरी आएको पहिरोका कारण निर्माणमा ढिलाइ भएको कम्पनीका सदस्य राजेश शाक्यले बताए ।

पहिले चार मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ५.५ मेगावाट बनाइएको छ । भूकम्पपछि विद्युतगृह परिवर्तन गर्नुपरेका कारण क्षमता बढाइएको हो । चार मेगावाट हुँदा ६५ करोड लागत अनुमान गरिएको आयोजनाको निर्माण अवधि लम्बिएर क्षमता बढेसँगै लागत बढेर एक अर्ब १५ करोड पुग्ने अनुमान गरिएको छ ।

एक हजार ३०० जनाको ३५ करोड ५० लाख संस्थापक शेयर रहेको आयोजनामा लुम्बिनी र तत्कालिन टुरिजम विकास बैंकले ५५ करोड ऋण लगानी गरेका छन । साधारण सेयर (आइपिओ) जारी गर्ने तयारी भएको र १५ लाख ५५ हजार ७७० कित्ता शेयर सर्वसाधारणका लागि आइपिओ जारी गर्नका लागि प्रक्रिया अघि बढाइएको छ । घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत घलेम्दीको विद्युत् केन्द्रीय प्रसारणलाइनमा विद्युत जडान गरिने जनाइएको छ ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने विश्व बैंकको प्रक्षेपण, दक्षिण एसिया गहिरो संकटमा 

विश्व बैंङ्कले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत हुने अनुमान गरेको छ । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउँदै प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउने भएको छ ।

स्लो रफ्तारमा फास्ट ट्रयाक निर्माण आयोजना, ३ बर्षमा भौतिक प्रगती ११ प्रतिशत मात्रै   

चार वर्षभित्र निर्माण सक्नुपर्ने काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको ३ बर्ष बितिसक्दा भौतिक प्रगती ११.११ प्रतिशत मात्रै रहेको छ । 

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।