logo

जापानको अनुभवले अधिकारीले सञ्चालनमा ल्याए, एउटै भवनमा होटल,स्पा र लाउञ्ज वार

   

१३ पुष/अर्थ र व्यापार- पर्यटकिय स्थल ठमेलमा सपिङ कम्प्लेक्सको एउटै भवनमा होटल,स्पा र लाउञ्ज रेष्टुरेण्ट सञ्चालनमा आएको छ । पर्यटन व्यवसायि ध्रुव अधिकारीले ठमेलको मुटुमै एउटै भवनमा रेट्रो होटल,हेभेन्ली स्पा र भिआईपी रेष्टुरेण्ट लाउञ्ज बार सञ्चालनमा ल्याएका हुन ।


रेट्रो होटलले तीन तारे स्तरको सुविधा उपलब्ध गराउने सञ्चालक ध्रुव अधिकारीले वताए । पन्ध्र वटा कोठा रहेको रेट्रो होटलका हरेक कोठामा ज्याकुजि रहेको छ । त्यस्तै हेभेन्ली स्पाले सौना,स्टिम,जापनिज ज्याकुजि,मसाज,वार्वर सेवा उपलब्ध गराउने अधिकारीले वताए ।
त्यसैगरी त्यहि भवनमा नेपाली र विदेशी दुवै ग्राहकलाई लक्षित गर्दै भिआईपी रेष्टुरेण्ट लाउञ्ज बार पनि सञ्चालमा आएको छ । भिआइपि लाउञ्ज मुल्यका हिसावले पनि सवैलाई उपयुक्त रहनुका साथै यसमा पार्किङ सुविधा र खानामा विशेष ध्यान दिईएको वताए ।


आँफुले जापान बसाईको क्रममा सिकेको,देखेको र भोगेको अनुभवलाई नेपालको पर्यटन क्षेत्रमा प्रयोग गरेको अधिकारीले वताए । एउटै छानामुनी सवै सेवा उपलब्ध गराउने उद्देश्यका साथ एउटै भवनमा यि सवै सेवा सञ्चालमा ल्याईएको अधिकारी वताए ।
 भिआईपि लाउञ्ज र हेभेन्ली स्पा   सञ्चालनमा आईसकेको छ भने रेट्रो होटल अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरी एक देखि सञ्चालमा आउने भएको छ । 
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

अर्थतन्त्रमा कोरोना प्रभावः ५४ प्रतिशत उद्योग–व्यवसाय सञ्चालनमा, ४६ प्रतिशत अझै बन्द

नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार कोभिड प्रभावित उद्योग–व्यवसायहरु मध्ये ५४ प्रतिशत पुर्णरुपमा सञ्चालनमा आएको देखाएको छ ।

मनोरञ्जन

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । 

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।